बिर्तामोड । २०२० साल देखि पटक पटक सरकारले नीतिगत अतिक्रमण गरेर रहेको चारकोशे जंगल मध्ये बाँकी रहेको एक कोश जंगल हाल जलथल जंगलको नामले परिचित छ । जलथल स्थानिय नामले गर्दा रहन गयो तर सो जंगल हाल नेपालमै एक जैविक विविधताले भरिएको बन सावित भएको छ । विगत दुई बर्ष देखि फरेस्ट एक्सन नेपालले जैविक विविधतामा केन्द्रित रहेर अनुसन्धान गरिरहेको छ ।
१० किलो मिटर लम्बाई र ५.५ किलो मिटर चौडाई रहेको झापाको हल्दिबारी गाउँपालिकामा रहेको जलथल जंगलको आधा भाग यतीवेला प्यांग्री लहराले जकडी सकेको छ । लहरा बार्षिक रुपमा फैलिने क्रममा रहेको छ । यसैगरी प्यांग्री लहरा फैलिदै जाने हो भने जलथल जंगल केही बर्ष भित्रमै माकुराको जालो झै बन्ने निस्चित देखिएको छ । जसरी किराहरु माकुराको जालोमा फस्ने गर्छन । जंगल भित्रको जतिपनि खाली ठाउँहरु सबै तिर प्यांग्री लहरा जेलिएको छ । लहराले आफ्नो साम्राज्य र संजाल फैलियाएको कारण नयाँ विरुवा उत्पादन लगभग बन्द भएको छ । जंगली जनावरहरुलाई हिडडुल गर्न र बास बस्न अनि आत्मरक्षाको लागि भाग्न नसक्ने अवस्था बनेको छ ।
बर्खाको समयमा धेरै फैलिने यो मिचाहा प्रजातिको लहरे झार असोज, कात्तिक महिनामा फूल्छ, यसको फूल कोषामा परिणत भएर पाकेपछि बीऊलाई हावाले उडाएर अन्यत्र सम्म पुर्याउने हुदाँ प्यांग्री फैलिदै गएको स्थानियहरु बताउछन् ।
वनस्पती विज्ञ लिलानाथ शर्माको भनाई अनुसार ‘७० बर्ष अघि इलाम जिल्लाबाट झापाको जंगलहरु सम्म प्यांग्री फैलिन सुरु गरेको हो । हाल पस्चिम दाङ जिल्ला सम्मको बनहरुलाई यो लहराले गाँझ्न थालेको छ । बनलाई सखाबनै पार्ने यस मिचाहा बनमारा प्यांग्री दक्षिण अमेरिकाबाट नेपाल सम्म फैलिएको हो । जैविक विविधताले धनी रहेको जलथल जंगलमा प्यांग्रीकोे नकारात्मक प्रभावको कारण नयाँ विरुवाहरु उम्रन छोडेको छ । जलथल जंगलमा विगत दुई दशकदेखि यो लहराले असर पुर्याउन थालेको अनुसन्धानले देखाएको छ ।’
प्यांग्रीलाई निर्मुल गर्न के गर्दैछ सामुदायिक बन समिति
ठुला रुख भएको ठाउँमा नफैलिने विशेष्ता रहेको प्यांग्री साना पोथ्रा विरुवाहरुलाई जकडेर जालोमा पारेको छ । २० बर्ष देखि फैलिन सुरु भएको मिचाहा झार सजिलै निर्मुन गर्न सकिने अबस्था छैन, तर पनि बन समितिले झोडी फाड्ने, लहरा काट्ने र सुख्खा मौसममा समितिको निगरानीमा आगो लगाउने काम गर्दा पनि प्याङग्री लहरालाई नष्ट गर्न सकिएको छैन । फेरी उस्तै भएर मौलाउने गरेको पाथिभराकालिका सामुदायिक बन समितिका अध्यक्ष चिरञ्जिवी पौडेलले बताए । पौडेलको भनाई अनुसार ‘धेरै प्रयास गर्दा पनि प्यांग्री लहरालाई निर्मुन गर्न नसकिएपछि क्रमस निर्मुल गर्दै लैजाने योजनाका साथ बनस्पति संरक्षणमा काम गर्दै आएको फरेस्ट एक्सन नेपालको सहयोगमा जंगलभित्र बेसर खेती गर्न सुरु गरिएको छ । जलथल जंगलमा रहेका २२ वटा सामुदायिक वनहरु मध्ये ३ वटा वन समितका उपभोक्ताहरुले नै आम्दामी पाउने गरि बेसार खेती गर्न उपभोक्ताहरुलाई प्रोत्साहित गरेकोे छ । बेसार खेती गर्दा कृषकहरुले लगायको बालीमा नियमित डोडमेल हुने हुँदा प्यांग्री लहरालाई सधैका लागि नस्ट गर्ने अभियानमा सामुदायिक वन समिति र उपभोक्ताहरु लागेका छन् । फल स्वरुप केही काम भएको छ । एउटा सामुदायिक बनले आफैले बेसार खेती सुरु गएरको छ भने जलथल जंगलमा हाल बेसार खेतीमा तिन सय जती उपभोक्ता समूहहरु लागि परेका छन् ।’
भिडियो पनि हेर्नुहोस् ।