Aamsanchar

जस्को मृत्यु भएको भनिएको थियो , त्यही डाक्टरले पत्रकार सम्मेलन गरेपछि हंगामा

Author Image
शुक्रवार, मंसिर ३, २०७३

बीबीसी – भारतमा सरकारले पाँच सय र एक हजारका नोटमा प्रतिबन्ध लगाएपछि त्यसको अशर सम्पूर्ण समाजमा परेको छ । सरकारले यी दुई नोट प्रतिबन्ध लगाएपछि विभिन्न क्षेत्रमा आबद्ध मानिसहरुले आत्महत्या गरेको हल्ला फिजिन थालेको छ । त्यस्तै हल्लाको शिकार एक चिकित्सक बनेका छन् ।

प्रतिबन्धपछि सरकारले बिहारका डा. आरबी सिन्हाको घरमा छापा मारेको र सोही कारण उनको मृत्यु भएको हल्ला फैलिएको थियो । आफू जीवित छँदै मरेको हल्ला फैलिएपछि पीडित चिकित्सकले पत्रकार सम्मेलन नै गरेका छन् । ‘जीवित छँदाछँदै मृत्युको हल्लाले मेरो आत्म सम्मानमा ठूलो चोट पुगेको छ,’ डा. सिंहले बिबिसीलाई भने । उनको ह्यदघातका कारण मृत्यु भएको हल्ला चलेको थियो ।

६५ वर्षीय डा. सिन्हाले ६ करोड रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको र प्रहरीले छापा मारेको एक स्थानीय सञ्चार माध्यमले जनाएको थियो । ‘यो पूर्ण रुपमा गलत हो । सञ्चार माध्यमले जीवित मानिसलाई मृत भएको अफबाह मच्चाएका छन्,’ उनले भने । उनको मृत्युको समाचार आगो सल्केझै सामाजिक सञ्जालमा फैलिएको थियो । ‘म स्वस्थ र जीवित छु भन्ने जानाकारी दिन मेरो क्लिनकमा पत्रकार सम्मेलन गरेको छु । मेर घरमा प्रहरीले छापा मारेको छैन,’ उनले भने ।

सरकारले पाँच सय र एक हजारको नोटमा प्रतिबन्ध लगाएपछि अहिलेसम्म भारतमा ३३ जनाले आत्महत्या गरेको हल्ला चलेको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर