Aamsanchar

मेचीनगरमा नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) को एकै दिन तीनवटा कमिटी गठन

Author Image
बिहिवार, असोज २१, २०७८

मेचीनगर । नेकपा एमाले झापाका इञ्चार्ज एवम् केन्द्रिय सदस्य रविन कोइरालाको गृहनगर मेचीनगरमा एकैदिन नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) को तीनवटा कमिटी गठन भएको छ ।

नेकपा एमालेबाट विभाजन भए लगत्तै नेकपा एमालेका तात्कालिन नेता माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा एकिकृत समाजवादी पार्टीले संगठन विस्तार गर्ने क्रममा मेचीनगरमा एकै दिन तीनवटा कमिटी निर्माण गरेको हो ।

मेचीनगरमा सम्पन्न नेकपा (एकिकृत समाजवादी) ले नगर स्तरीय अगुवा कार्यक्रकर्ता भेला तथा सपथ ग्रहण कार्यक्रममा एमालेका पुराना नेता अर्जुन पौडेलको अध्यक्षतामा ५१ सदस्यीय नेपाल कम्यूनिष्ट पार्टी ‐एकिकृत समाजवादी) मेचीनगर कमिटी, पुष्कर बस्नेतको अध्यक्षतामा ५१ सदस्यीय युवा संघ मेचीनगर कमिटी र शिक्षक अर्जुन राजंवंशीको अध्यक्षतामा २१ सदस्यीय नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) मेचीनगर ७ नम्बर वडा कमिटी गठन गरेको पार्टीका प्रचार विभाग प्रमुख तीर्थराज सिग्देलले बताउनुभयो ।

उहाँका अनुसार नगर कमिटीको उपाध्यक्षहरु विमला देवकोटा, चेतन विष्ट,र नवराज भट्टराई चयन हुनुभएको छ । सचिवमा हरिप्रसाद तिम्सिना र उपसचिवमा हेमन्त नेपाललाई सर्वसम्मत चयन गरेको छ । नगर समितिको सदस्यहरुमा गुञ्जमान राई, सुवर्ण भट्टराई, मनमाया भुजेल, गंगा वराइली, कृष्णवहादुर सुवेदी, कृष्ण खरेल टंकमाया भट्टराई महेश सरकारलगायत रहनु भएको छ । यसैगरी, युवा संघको उपाध्यक्षमा तुलसा कट्टेल गौतम, सचिवमा कृष्ण राजवंशी तथा उपसचिवमा नरेन्द्र शिवाकोटी रहनु भएको छ ।

कम्यूनिष्ट पार्टीका पुराना तथा लोकप्रिय नेता ताराराज ओलीको अध्यक्षता र नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) का झापा अध्यक्ष वेदराज रेग्मीको प्रमुख आतिथ्यतामा गठन भएको कमिटीका पदाधिकारीसहित सदस्यहरुलाई नेपाल कम्यूनिष्ट पार्टी ‐एकिकृत समाजवादी) का केन्द्रिय सदस्य पुष्पराज पोखरेलले पद तथा गोपनियताको सपथग्रहण गराउनुभएको थियो ।

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) का १ नम्बर प्रदेश कमिटी सदस्य लोकबन्धु कन्दङ्वा, शारदा शर्मा घिमिरे, सुभद्रा भट्टराई अर्याल, झापा जिल्ला कमिटी सदस्य निलमणि वराललगायतले नवगठित कमिटीका पदाधिकारीसहित सदस्यहरुलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बोल्ने अधिकाँश नेताहरुले एमाले अध्यक्ष खडगप्रसाद ओलीको प्रतिगमनकारी भूमिकाले आफुहरुले बाँध्य भएर क्रममा नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) रोजेका स्पष्ट पारेका थिए । अहिले संख्यात्मकरुपमा आफ्नो पार्टीभित्र निक्कै कम देखिए पनि ढिलो छिटो धेरै नेता कार्यकर्ताले खडगप्रसाद ओलीले नेतृत्व गरेको नेकपा एमाले छाडेर माधवकुमार नेपालको नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) मा प्रवेश गर्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा नृत्य समेत प्रस्तुत गरिएको थियो ।

ज्ञानेन्द्र ढुङ्गानाले सञ्चालन गरेको कार्यक्रममा सहभागी सवैलाई नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) निकट युवा संघका सचिवालय सदस्य विमला देवकोटाले शब्दद्वारा स्वागत गर्नुभएको थियो । कार्यक्रममा ठूलो संख्यामा नेपाल कम्यूनिष्ट पार्टी ‐एकिकृत समाजवादी) का केन्द्रीय, प्रदेश, जिल्ला तथा स्थानीय तहका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)