Aamsanchar

झापाको  बाहुनडाँगीमा ओभरहेड टेंकीको  सिलान्यास, २२ हजार ८ सय १२ जना लाभान्वित हुने

Author Image
बिहिवार, असोज २१, २०७८

मेचीनगर। झापाको मेचीनगर— ४ बाहुनडाँगीमा ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड टेंकीको विहीबार सिलान्यास गरिएको छ ।

मेचीनगर नगरप्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत काँकरभिट्टा खानेपानी स्किमको ४ सय ५० घनमिटरको ओभरहेड टेंकीको विहीबार सिलान्यास गर्नुभएको हो ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था तथा मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष राजकुमार पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख आचार्य र उप्रमुख उप्रेतीले पुजापाठ गरेर टेंकीको विहीबार सिलान्यास गर्नुभयो ।

मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजना कार्यान्वयन गर्न मेचीनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था, मेचीनगर नगरपालिका प्रदेश नम्बर १ झापा र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरबीच गएको बैशाखमा त्रिपक्षीय सम्झौता भएको थियो ।

सिलान्यास समारोहमा बोल्दैं नगर प्रमुख आचार्यले नेपालको संविधान २०७२ मा हरेक नागरिकले सफा, शुद्घ र स्वच्छ पानी पिउने उस्को नैसर्गिक अधिकार स्पष्ट भएकाले अब मेचीनगर नगरपालिकाले आफ्ना नगरवासीलाई स्वच्छ, सफा र शुद्घ पानी उपलब्ध गराउने बताउनुभयो । समयमै ओभरहेड टेंकको निर्माण कार्य सम्पन्न हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

मेचीनगरक्षेत्रभित्र काँकरभिट्टा, धुलावारी तथा चारआली तीन ठुला खानेपानी सरसफाइ तथा उपभोक्ता संस्था रहेका छन् । यी सँगै अन्य साना आयोजना पनि छन् । तीनवटै खानेपानीको आयोजनाको कुल लागत इष्टिमेट ३६ करोड,९१ लाख ९३ हजार ७ सय २९ रुपैयाँ ७६ पैसा रहेको स्पष्ट पार्दै उहाँले यो आयोजना नयाँ भए पनि सवैको साथ सहयोगले सफल हुने विश्वास व्यक्त गर्नुभयो । यसक्षेत्रमा १६ करोड धुलावारी र चारआलीमा करोडौंको रकम रहेको नगरप्रमुख आचार्यले बताउनुभयो । सवै खानेपानीका समितिका पदाधिकारी उपभोक्ता तथा मेचीनगर नगरपालिकाको साथ सहयोग र सहकार्यले यो कामलाई अघि बढाउन सफल भएकोमा नगरप्रमुख आचार्यले सवैप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

यो योजना नयाँ भएका कारण शुरुमा समस्या होला कि जस्तो भएपनि अहिले सवैको साथ सहयोगले सफल रुपमा अघि बढ्न सकेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । मेचीनगरमा खानेपानीको समस्या भएको क्षेत्रमध्ये बाहुनडाँगीक्षेत्रमा यसअघि पनि करीव ५० करोडको योजना सहलगानीमा जाने र काँकरभिट्टा, चारआली र धुलावारीलाई सानो योजनाकारुपमा अघि लैजाने उद्घेश्य भए पनि अहिले तीनवटै योजनामा बढी लगानी भएको बताउनुभयो । काँकरभिट्टाको क्षेत्र विस्तार गर्न अत्यन्तै महत्वपूर्ण भूमिका काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले निर्वाह गर्ने क्रममा बाहुनडाँगी वा मेचीनगरको ३ वटा वडाको दक्षिणीक्षेत्रका उपभोक्तालाई खानेपानी सहजरुपमा उपलब्ध गराउने र यो सिलान्यास कार्यक्रममा सहभागी भएको उहाँको भनाई थियो ।

नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले मेचीनगर नगरपालिकाले आफ्ना नगरवासीलाई स्वच्छ, सफा र शुद्घ पानी उपलब्ध गराउने बताउनुभयो । यस आयोजनाले समेत यसमा निक्कै टेवा पुग्ने उहाँको भनाई थियो । मेचीनगर सहलगानी खानेपानी तथा सरसफाई आयोजनामा त्रिपक्षीय सम्झौता भएसँगै नगरवासीले थप सफा, शुद्घ र स्वच्छ पानी पिउन पाउने कुरामा उपप्रमुख उप्रेतीले विश्वास व्यक्त गर्नुभयो

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव दिलिपजङ्ग सुब्बाले सञ्चालन गरेको सिलान्यास समारोहमा मेचीनगर वडानम्बर २ का वडाध्यष तिलक न्यौपाने, वडानम्बर ३ का वडाध्यक्ष हर्क बस्नेत, ४ का वडाध्यक्ष नविन वराल, धुलावारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष तथा आयोजनाका सचिव अजय घिमिरे, बाहुनडाँगी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष सनतकुमार अधिकारी,जग्गादाता टेकबहादुर कार्की, डम्बर कार्की, रमेश दाहाल, दिपक बराल पंण्डित आचार्य गुरु शंकर अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

सहलागानी अवधारणा कुल लागतको नेपाल सरकारको ७० र उपभोक्ता संस्थाको ३० प्रतिशत रहने छ । यस आयोजनाबाट नगरभरिका ४ हजार ७० घरधूरीका २२ हजार ८ सय १२ जना लाभान्वित हुने छन् । यस आयोजनाबाट मेचीनगरका २,३,४, १०,११,१३ र १४ नम्बर वडाहरुमा सेवा विस्तार हुने छ ।

गतआर्थिक वर्ष २०७७÷२०७८ बाटै शुरु हुने र चालु आर्थिक वर्ष २०७९÷२०८० मा सम्पन्न हुने आयोजनाको कुल लागत इष्टिमेट ३६ करोड,९१ लाख ९३ हजार ७ सय २९ रुपैयाँ ७६ पैसा रहेको छ । कुल लागत इष्टिमेटको ३६ करोड,९१ लाख ९३ हजार ७ सय २९ रुपैयाँ ७६ पैसा मध्ये खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको तर्फबाट हुने ३० प्रतिशत सहकार्य हुनेछ ।

आयोजना डिजाइन लागत इष्टिमेट तयार गरी स्वीकृत गर्ने गराउने, आयोजनाको गूरुयोजना तयार गर्ने र सोहि अनुसार बहुवर्षीय ठेक्कापटटाको कागजात तयार गरेर स्वीकृत गराउने, गुरुयोजना अनुसार आयोजनााके कुल ७० प्रतिशत रकम नेपाल सरकार मार्फत उपलब्ध गराउन आवश्यकता अनुसार कार्यक्रमहरु तयार गरी पेश गर्ने, नेपाल सरकारको प्रचलित सार्वजनिक खरिद ऐन, नियमावली एवम् निर्देशिकाहरु समेतको परिधिभित्र रही ठेक्कापट्टाको बन्दबस्त गरी खरिद गरी वयवस्थापन तथा निर्माण कार्य गर्ने गराउनेलगायतका कामहरु संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरले गर्नुपर्ने शर्त छ ।

नगरपालिका क्षेत्राधिकार भित्र रहेका खानेपानी तथा सरसफाइ आयोजनाहरुको सेवा सञ्चालन नियमनको अग्रणी भूमिका निर्वाह गर्ने, सहलगानी आयोजना कार्यान्वयनको लागि आयोजना व्यवस्थापन कार्यालय संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगर, नगर किास कोष, स्थानीय तह, खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाबीच हुने छ ।सहलगानी आयोजनालाई सम्पन्न गर्ने प्रतिवद्घता जनाउने काममा सहयोग गर्ने, उपभोक्ता संस्थालाई नगर विकास कोषबाट ऋण उपलब्ध गराउन उपयुक्त बाताबरण बनाई दिन सहजकर्ताको भूमिका निर्वाह गर्नेलगायतका काम मेचीनगर नगरपालिकाले गर्नुपर्ने हुन्छ । यसैगरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले समेत विभिन्न शर्तहरु पालना गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 260

प्रतिक्रिया (०)