Aamsanchar

हर्कटेकपको उपाधि आयोजकलाई

Author Image
शनिवार, मंसिर ४, २०७३

इलाम।

15134253_914540755344918_1194571642_n

इलामको सूर्योदय नगरपालिकामा आयोजित प्रथम हर्कटेकप खुल्ला नक आउट फुटबल प्रतियोगिताको उपाधि आयोजक दिपेन्द्र शिखर फुटबल क्लवले सुरक्षित गरेको छ ।
शनिबार आयोजित फाइनल खेलमा तीनघरे फुटबल क्लब आइतबारेलाई शून्यका बिरुद्ध २ गोल गर्दै आयोजकले उपाधि हात पारेको हो । प्रतियोगिताको बिजेताले ५० हजार रुपैयाँको चेक मेडल र ट्रफी तथा उपबिजेताले नगद  ३० हजारको चेक मेडल र ट्रफी हात पारेका छन् ।
इलाम र झापाका गरी १६ वटा टिमको सहभागिता रहेको प्रतियोगिता कन्याम चियाबारीबीचको डुढेगौरा खेल मैदानमा आयोजना भएको थियो ।
यसअघि शनिबार नै भएको इलाम र झापाको पत्रकार महासंघको मैत्रीपुर्ण फुटबल खेल १÷१ गोलको बराबरीमा सम्पन्न भएको थियो । झापाको तर्फबाट दीपेन लावती र इलामका तर्फबाट जय राईले १–१ गोल गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर