Aamsanchar

भारतमा रेल दुर्घटना, कम्तीमा ३० जनाको मृत्यु

Author Image
आइतवार, मंसिर ५, २०७३

नयाँ दिल्ली

download

भारतमा आइतबार बिहानै एउटा रेल दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

इन्दौरबाट पटना जाँदै गरेको रेल बिहानै स्थानीय समयअनुसार तीन बजेर १० मिनेट जाँदा कानपुर नजिकै दुर्घटना भएको हो । दुर्घटनामा अन्य कयौं घाइते भएका छन् ।

लिकबाट रेलको डिब्बा उछिट्टिएर दुर्घटना भएको हो । रेलको १४ वटा डिब्बा लिकबाट बाहिर निस्किएको बताइएको छ । दुर्घटनाको मुख्य कारण भने अझै थाहा हुन सकेको छैन ।

दुर्घटनास्थलमा उद्धारकर्मी परिचालन गरिएको छ । उद्धारकर्मीले रेलको डिब्बाबाट ३० वटा शव निकालेका छन् । स्थानीय प्रशासनले ३० जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

उद्धार कार्य जारी रहेको र केही घाइतेको अवस्था चिन्ताजनक रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । (एजेन्सी)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)