Aamsanchar

एउटा बाँदरका कारण दुई समुदायबीच हिंस्रक झडप, २० जनाको मृत्यु

Author Image
मङ्गलवार, मंसिर ७, २०७३

लिबिया।

1479782232monkey

एउटा बाँदरका कारण २० जनाले ज्यान गुमाउनु परेको घटना अनौठो लाग्न सक्छ । तर एउटा बाँदरका कारण दुई समुदायबीच हिंस्रक झडप हुँदा २० जनाभन्दा बढीले ज्यान गुमाएका छन् ।

समाचार एजेन्सीहरुका अनुसार लिबियाको दक्षिणी सहर सबामा उक्त घटना भएको हो ।

स्थानीय संचारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएअनुसार एउटा घरपालुवा बाँदरका कारण उक्त झडप भएको हो । स्थानीयको घरमा पालिएको एउटा बाँदरले एक बालिकालाई हमला गरेपछि दुई समुदायबीच हिंस्रक झडप भएको हो ।

सुलेमान र गद्दाफा समुदायबीच झडप भएको हो । गद्दाफा समुदायको स्थानीयले पालेको बाँदरले सुलेमान समुदायकी बालिकालाई आक्रमण गरेपछि दुई समुदायबीच झडप भएको हो ।

प्रारम्भमा बाँदर र तीनजनाको मृत्यु भएको थियो । तर कयौं दिनसम्म जारी झडपमा २० जनाभन्दा बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

दुई समुदायबीच पहिलादेखि नै शुत्रवत सम्बन्ध रहँदै आएको थियो । एउटा समुदायले पालेको बाँदरले अर्को समुदायकी बालिकामाथि आक्रमण गरेको घटनालाई नै लिएर दुई समुदायबीच आधुनिक हतियारसहित झडप भएको बताइन्छ । झडपमा परी ५० जनाभन्दा बढी मानिस घाइते भएका छन् । (एजेन्सी)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)