Aamsanchar

फेरि बढ्यो इन्धनको मूल्य

Author Image
शुक्रवार, कार्तिक १२, २०७८

 काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। निगमले शुक्रबार रातिबाट लागू हुने गरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धनको मूल्य बढाएको हो।

पेट्रोलको साविकको बिक्री मूल्यमा तीन रुपैयाँले वृद्धि गरी एक सय ३३ रुपैयाँ कायम गरेको छ। यस्तै डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर तीन रुपैयाँले नै बढेर एक सय १६ रुपैयाँ पुगेको छ।

आन्तरिक तथा बाहृय हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९६ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य अमेरिकी डलर आठ सय ५३ प्रति किलो लिटर कायम गरिएको छ।

यस्तै एलपी ग्यासमा काठमाडौंको साविक बिक्री मूल्यमा प्रति सिलिण्डर ५० रुपैयाँले वृद्धि गरी एक हजार पाँच सय रुपैयाँ प्रतिसिलिण्डर कायम गर्ने निर्णय निगमले गरेको छ।

मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर १२.५५, डिजेलमा प्रतिलिटर ११.६७ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर चार सय ६१.२२ रुपैयाँ घाटा हुने निगमको दाबी छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकाले निगमको घाटा कम गर्न आगामी दिनहरुमा पनि मूल्य बृद्धि गर्नुपर्ने बाध्यता हुनसक्ने विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर