Aamsanchar

टी–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदै

Author Image
आइतवार, कार्तिक १४, २०७८

 

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । सुपर १२ को समूह दुईमा रहेका अफगानिस्तान र नामिबिया तथा भारत र न्युजिल्यान्ड खेल्न लागेका हुन् ।

अफगानिस्तान र नामिबियाको खेल दिउँसो पौने ४ बजे अबुधाबीमा सुरु हुनेछ । यसअघिका खेलमा अफगानिस्तान पाकिस्तानसँग पराजित भएको थियो भने स्कटल्यान्डलाई हराएको थियो त्यस्तै नामिबियाले पनि स्कटल्यान्डलाई हराएको थियो । आज हुने दोस्रो खेलमा भारत र न्युजिल्यान्ड बेलुका पौने आठ बजे दुबईमा खेल्दैछन् ।

दुई वटै टोलीलाई आजको खेलमा जित महत्त्वपूर्ण छ । भारत र न्युजिल्यान्ड यसअघिको खेलमा पाकिस्तानसँग पराजित भएका थिए । पाकिस्तानले भारतलाई १० विकेट र न्युजिल्यान्डलाई ५ विकेटले हराएको थियो । भारत र न्युजिल्यान्डबीच यसअघि १६ वटा टी–२० भएकोमा ८/८ खेलमा विजयी भएका छन् ।

सुपर १२ को समूह दुईमा पाकिस्तान ३ खेलमा ६ अङ्कका साथ शीर्ष स्थानमा छ । अङ्कविहीन रहेका न्युजिल्यान्ड चौथो, भारत पाँचौँ र स्कटल्यान्ड पुछारमा छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर