Aamsanchar

मेचीमा सबैभन्दा बढी स्वास्थ्य सेवा कर तिर्ने वीएण्डसी हस्पिटललाई सम्मान

Author Image
बुधवार, मंसिर ८, २०७३

b & c
भद्रपुर ।
बिर्तामोडस्थित वीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटललाई मेची अञ्चलबाट यस बर्षको सबैभन्दा बढी कर दाखिला गर्ने कर दाताको रुपमा सम्मान गरिएको छ ।
५औं राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०७३को अवसरमा स्वास्थ्य सेवा करतर्फ सबैभन्दा बढी कर दाखिला गर्ने वीएण्डसी हस्पिटललाई उक्त सम्मान प्रदान गरिएको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए । हस्पिटलका प्रिन्सिपल डा. उमेशकुमार शर्मालाई समारोहका प्रमुख अतिथि जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डे र आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत निर्मल ढकालले मंगलवार भद्रपुरमा आयोजित समारोहमा सम्मान पत्र प्रदान गरेका थिए । करिब दुई बर्षअघि सञ्चालन आएको वीएण्डसी हस्पिटलले अत्याधुनिक प्रविधिसहित स्वास्थ्य सेवा पु¥याउँदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर