Aamsanchar

इराकका प्रधानमन्त्री निवासमा ड्रोन हमला

Author Image
आइतवार, कार्तिक २१, २०७८

प्रतिकात्मक तस्वीर । गुगलबाट

इराकका प्रधानमन्त्री मुस्तफा अल कदीमीको आधिकारिक निवासमा आइतबार बिहान विस्फोट पदार्थसहितको ड्रोन हमला गरिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार आइतबार बिहान गरिएको हमलामा प्रधानमन्त्रीको निवासलाई लक्षित गरिएको हो ।

इराकी सेनाले प्रधानमन्त्रीको हत्या गर्ने उद्देश्यसहित हमला गरिएको थियो तर उनी सुरक्षित रहेको जानकारी दिएको छ । सेनाद्वारा जारी विज्ञप्तिमा हमला इराकको राजधानी बगदादको ग्रीन जोन क्षेत्रमा भएको थियो । योभन्दा थप जानकारी उपलब्ध गराइएको छैन । सरकारका दुई अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले प्रधानमन्त्रीको निवासमा कम्तीमा एउटा विस्फोट भएको थियो । उनीहरूले पनि प्रधानमन्त्री सुरक्षित रहेको पुष्टि गरेका छन् ।

प्रधानमन्त्री अल कदीमीले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टबाट आफूलाई सुरक्षित बताउँदै शान्ति कायम राख्न अपिल गरेका छन् । हालसम्म कुनै पनि संगठनले आक्रमणको जिम्मेवारी दिएको छैन । ग्रीन जोनमा बसोबास गर्ने पश्चिमी देशका राजदूतहरूले सो क्षेत्रमा विस्फोट र गोलाबारीको आवाज सुनेको बताएका छन् । केही दिन यता ग्रीन जोनबाहिर ईरानसमर्थित संगठनका समर्थकहरूले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 338

प्रतिक्रिया (०)

सम्बन्धित खबर