Aamsanchar

नेपालमा ७४ लाखभन्दा बढीले कोभिड १९ विरुद्धको पूर्ण खोप लगाए

Author Image
सोमवार, कार्तिक २२, २०७८

       

काठमाडौं । नेपालमा १८ वर्षमाथिका ३७.३ प्रतिशत नागरिकले कोभिड १९ विरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कात्तिक २१ गतेसम्म ७४ लाख ३४ हजार ७९७ जनाले दुवै डोज र ८७ लाख ३६ हजार ५३२ जनाले पहिलो डोज खोप लगाएका हुन् । 

जसमध्ये एष्ट्राजेनेका खोपको पहिलो डोज २९ लाख ६ हजार १२६ जना र दोस्रो डोज १६ लाख ८१ हजार ४२३ जनाले लगाएका हुन् । त्यस्तै भेरोसेल खोपको पहिलो डोज ५८ लाख ३० हजार ४०६ जनाले र दोस्रो डोज ४२ लाख ९ हजार ८७७ जनाले लगाएका हुन् ।

जोन्सन एण्ड जोन्सन खोप नेपालमा १५ लाख ४३ हजार ४९७ जनाले लगाएको मन्त्रालयको तथ्यांक छ । नेपालमा २८ गतेदेखि १२ देखि १८ वर्षसम्मका दीर्घरोगीलाई फाइजर खोप दिइँदैछ । 

Views: 352

प्रतिक्रिया (०)

सम्बन्धित खबर