Aamsanchar

भारत – पाकिस्तान बीच तनाब

Author Image
बिहिवार, मंसिर ९, २०७३

पाकिस्तानः

India-Pakistan-Relation

भारतीय सेनाले पाकिस्तानी गाउँलाई लक्षित गरी तोप तथा गोलाबारुद आक्रमण गर्दा १२ सर्वसाधारणको मृत्यु भएको छ । भारत र पाकिस्तानको विवादास्पद क्षेत्र काश्मिरमा एक बसमा गोलबारुद बर्षाहुँदा बसमा यात्रारत कम्तिमा १२ जना सर्वसाधारणको मृत्यु भएको पाकिस्तानी सैनिक अधिकारीले बताएका छन् ।

उक्त घटनामा करिब १५ जना अन्य मानिस घाइते भएको जनाइएको छ । यसको केही घण्टापछि पाकिस्तानी सेनाले जवाफी कारबाही चलाएको थियो । पाकिस्तानी सेनाको जवाफी कारबाहीमा सात भारतीय र तीन पाकिस्तानी गरी १० जना सैनिकको मृत्यु भएको पाकिस्तानी सैनिक अधिकारीले जनाएका छन्।

झडपमा भारतीय पक्षका सात जवानको पनि मृत्यु भएको पाकिस्तानको दाबीलाई भारतीय पक्षले भने स्वीकार गरेको छैन । पाकिस्तानले भने भारतले आफ्नो नोक्सानीलाई भारतले निरन्तर लुकाउदै आएको आरोप लगाएको छ ।

पाकिस्तानी डेपुटी कमिसनर वाहिद खानका अनुसार भारतीय तोपद्वारा पाकिस्तान प्रशासित काश्मिरअन्तर्गतको निलम उपत्यकामा आक्रमण भएको थियो । आक्रमणबाट तीन यात्रुको घटनास्थलमा नै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका सात जना अन्यको उपचारका क्रममा स्थानीय एक अस्पतालमा निधन भएको थियो ।

पाकिस्तान प्रशासित काश्मिरका प्रमुख सरदार मसुद खानले सीमा क्षेत्रमा भएको भारतीय आक्रमणको एक विज्ञप्ति जारी गरी विरोध गर्दै अन्तर्राष्ट्रिय समुदायसँग भारतीय पक्षबाट युद्धविराम सम्झौताको उल्लङ्घन भएको भन्दै घटनाप्रति ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर