Aamsanchar

आन्तरिक राजस्व कार्यालय भद्रपुरले कर दिवस तथा सप्ताह कार्यक्रम गर्ने

Author Image
सोमवार, कार्तिक २९, २०७८

बिर्तामोड । आन्तरिक राजस्व कार्यालय झापाले दशौं राष्ट्रिय कर दिवस तथा सप्ताह मनाउने भएको छ ।

देश व्यापी रुपमा हरेक बर्ष मंसिर १ गते देखि ७ गते सम्म विभिन्न कर सचेतना कार्यक्रम गरेर मनाईले कर सप्ताह यस बर्ष झापाका विभिन्न सहरमा फरक फरक कार्यक्रम गरेर मनाउन लागिएको आज बिर्तामोडमा आयोजित पत्ररकार भेटघाट कार्यक्रममा कर कार्यलयका प्रमुख शुभ रिजालले जानकारी दिए ।

गत बर्ष कोभिडका कारण औपचारिक रुपमा नमनाईएको कर दिवस यस बर्ष भने स्वास्थ्य मापदण्ड पालना गरेर मनाउने रिजालले बताए ।

बिर्तामोड उद्योग बाणिज्य संघको सहजीकरणमा मंसिर १ गते बिर्तामोडमा बिहान ७ बजेर ३० मिनेटमा प्रभातफेरी सहति सप्ताह उद्घाटन गर्ने तयारी कर कार्यालयले गरेको छ । उक्त दिन झापा, इलाम, पाँचथर र ताप्लेजङका १–१ जना उत्कृष्ट करदाता र एक जना कर्मचारीलाई प्रशंषा–पत्र प्रदान गरिने बताईएको छ ।

सप्ताह अन्तरगत २ गते मेचीनगर, ३ गते कनकाई, ४ गते बुद्धशान्ति, ५ गते विर्तामोड ६ गते भद्रपुर र सोही अवधीमा इलाम, पाँचथर, ताप्लेजुङमा करदाता शिक्षा र सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम बनाईएको प्रमुख रिजालले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 440

प्रतिक्रिया (०)

सम्बन्धित खबर