Aamsanchar

सतहत्तर लाख राजस्व सङ्कलन

Author Image
शुक्रवार, मंसिर १०, २०७३

सुरुङ्गा ।

1427001970_accident

जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आव २०७३÷७४ को प्रथम चौमासिकमा  ७७ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गर्ने १३ हजार १०० सवारी चालकलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरेको हो । कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेका जिल्ला ट्राफीक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीले पाँच हजार नौ सय दुई मोटरसाइकल चालक तथा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने चार सय पाँच जनालाई कारबाही गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर