Aamsanchar

राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिवका लागि दरखास्त आह्वान

Author Image
शनिवार, मंसिर ४, २०७८

काठमाण्डाै – राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य–सचिवका लागि युवा तथा खेलकुद मन्त्रालयले दरखास्त आह्वान गरेको छ । मन्त्रालयले सार्वजनिक सूचना निकालेर राखेप सदस्य–सचिवका लागि दरखास्त आह्वान गरेको हो । खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (२) अनुसार योग्यता पुगेका र अनुभव प्राप्त इच्छुक व्यक्तिले ७ दिनभित्र आवेदन दिन सक्नेछन् ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (३) अनुसार गठित सदस्य–सचिव सिफारिस समितिले राखेपको सदस्य–सचिव छनोट गरी मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने व्यवस्था छ । सरकारले गएको कार्तिक एक गते राखेपका सदस्य–सचिव रमेश सिलवाललाई बर्खास्त गरेको थियो।

सिलवाल २०७६ असारमा पहिलो पटक राखेप सदस्य–सचिव नियुक्त भएका थिए । राष्ट्रिय खेलकुद ऐन २०७७ का कारण एक वर्षमै पदमुक्त भएका सिलवाललाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ साउनमा पुनः नियुक्त गरेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 295

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालले आज थाइल्याण्डसँग खेल्ने
आइतवार, कार्तिक २५, २०८१
नेपालले आज यूएई विरुद्ध खेल्ने
शनिवार, कार्तिक २४, २०८१