Aamsanchar

ट्रम्पको पद धरापमा ! मतगणनाको आयो भित्री कुरा

Author Image
आइतवार, मंसिर १२, २०७३

काठमाडौं ।

106458-trump

अमेरिकी राष्ट्रपति पदका लागि ग्रिन पार्टीकी उम्मेदवार जिल स्टेनले पुनः मतगणना गर्न माग गर्दै निवेदन दर्ता गराएकी थिइन् । उनले विसकन्सिनसहित मिशिगन र पेन्सिलभेनियामा पनि पुनः मतगणना गर्न माग गरेकी छन् । राजधानी दैनिकले समाचार छापेको छ ।

उनले ट्रम्पको पक्षमा रहेका ह्याकरहरुले ह्याक गरेर मतपरिणामलाई उल्टाउन भूमिका खेलेको दाबी गरेकी छन् । विसकन्सिनको निर्वाचन आयोगले पुनः मतगणनाका लागि दुईवटा निवेदन परेको प्रष्ट पारेको छ ।

पुनः मतगणनाका लागि जिल स्टेन समूह र डेमोक्रेटि पार्टीको राष्ट्रपति पदका लागि प्राइमरीमा प्रतिस्पर्धामा रहेका व्यापारी रक्की रक डेला फ्युन्टेले निवेदन दिएका हुन् । विसकन्सिन निर्वाचन आयोगका प्रशासक माइकल हासले आयोगले राज्यव्यापी रुपमा पुनः मतगणनाको तयारी रहेको जानकारी दिएका छन् ।

निर्वाचनको पुनः मतगणनाका लागि आवश्यक रकम स्टेनको प्रचार अभियान टोलीले तिरेपछि यसै साताभित्र सुरु हुन सक्ने जनाएका छन् । स्टेनको अभियानले तीन वटा राज्यमा पुनः मतगणनाका लागि लाखौं डलर तिर्नुपर्ने अवस्था छ । अभियानले विसकन्सिन र पेन्सिलभेनियामा पुनः मतगणना सुरु गर्नका लागि पर्याप्त रकम जम्मा भइसकेको दाबी गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर