Aamsanchar

साउदी अरब गोल्डकपलाई एनी ब्राण्डको सहयोग

Author Image
शुक्रवार, मंसिर १०, २०७८


बिर्तामोड । साउदी अरब भेट्रान फुटबल क्लबले आयोजना गर्ने तेस्रो साउदी अरब गोल्ड कपलाई एनी ब्राण्डले सहयोग गर्ने भएको छ ।

तेस्रो गोल्ड कप मंसिर १८ गतेदेखि सुरु हुँदैछ । खेलकुद क्षेत्रमा सहयोग गर्दै आएको एनी ब्राण्डले ६० हजारबराबरको खेलकुद सामग्री सहयोग गर्ने आज चारपानेमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

क्लवका अध्यक्ष जयबहादुर राईका अनुसार एनी ब्राण्डले आयोजकका लागि ट्र्याक सुट, जर्सीलगायतको सामग्री उपलब्ध गराउने छ । कार्यक्रममा एनी ब्राण्डका सञ्चालक सन्तोष थोप्रा (लिम्बू)ले क्लबसँग जोडिन र सहयो गर्न पाउँदा खुशी व्यक्त गरे । कार्यक्रममा देवी काफ्ले र किरण पौडेलले आफ्ना भनाइ राख्दै प्रतियोगिता आयोजना गरिएपछि खेलकुदको चलायमान हुने विश्वास व्यक्त गरे । कार्यक्रमको सञ्चालन गोविन गिरीले गरेका थिए ।

बिर्तामोड २ स्थित बेलडाँगीको वीर अमरसिंह माविको खेल मैदानमा हुने प्रतियोगितामा ८ टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार १११ र दोस्रो हुनेले ५१ हजार १११ रुपैयाँसहित प्रमाणपत्र तथा ट्रफी पाउने छन् ।

प्रतियोगिताका सम्पन्न गर्न १० लाख रुपैयाँ अुनमानित खर्च हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर