Aamsanchar

नयाँ योजना पारित गर्दै न्यु भिजनको आठौं साधारणसभा सम्पन्न

Author Image
आइतवार, मंसिर १२, २०७८

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको न्यू भिजन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो आठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । मंसिर ९ गते देखि सुरु भएकोे साधारणसभालाई प्रतिनिधी मूलक शेयर सदस्यहरुको उपस्थितमा आज आफ्नै कार्यलयमा सम्पन्न गरेको हो ।

आर्थिक बर्ष २०७७/०७८ को लागि नीति नियमहरुको विकास, संस्थाको मौजुदा विनियम संसोधन,कोभिड–१९ छुट, संरक्षित पूँजी कोष, कम्प्यूटर आधारित लेखा प्रणाली संस्था एकिकरण तथा सेवा केन्द्र बिस्तार, लेखापरिक्षक नियुक्ति लगायतका विषयलाई सभाले पारित गरेको छ । आगामी बर्षको योजनामा सदस्य हित विमा, सदस्य शिक्षा, प्रविधी उन्मुख व्यवस्थापन जस्ता योजनाहरुलाई संस्थाले अघि सारेको छ ।

संस्थाको कुल पुँजी तथा दायित्वमा यस बर्ष ७२,६३१,६४१ र गत बर्ष ४१,०६६,६४१ रहेको थियो । यस बर्ष खुद नाफा २६८,८३६ रहेको छ ।

संस्थाका अध्यक्ष रोशन सुवेदीको अध्यक्षतामा आयोजित साधारणसभामा बिर्तामोड नगरपालिका सहकारी तथा सामाजिक विकास विभागका प्रमुख डिल्ली दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, जिल्ला सहकारी संघका सदस्य कृष्ण पौडेल लगायतले मन्तव्इ राखेका थिए । कार्यक्रमको संचालन संस्थाका सचिव सार्दुलहाङ ओलीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 227

प्रतिक्रिया (०)

सम्बन्धित खबर