पाँचथर।
गत वर्षको तुलनामा यस वर्ष पूर्वी पहाडी जिल्ला पाँचथरमा धान उत्पादन बढेको छ । उत्पादन बढेपछि कृषक खुशी देखिएका छन् ।
गत वर्षको तुलनामा यस वर्ष १२ प्रतिशतले धान उत्पादन बढेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
गत वर्ष १९ हजार ७ सय ६७ मेट्रिक टन धान फलेकामा यस वर्ष २२ हजार १ सय ४० मेट्रिक टन भएको हो । प्रशस्त वर्षा, रोग प्रकोपको कमी, उन्नत जातको बीऊ बेलैमा वितरण जस्ता कुराले उत्पादन बढेको वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले जानकारी दिए ।
जिल्लामा ९ हजार २ सय ३ हेक्टर मा धान खेती गरिँदै आएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 159