Aamsanchar

पेनाल्टीमा वडा नम्बर ६ विजयी

Author Image
सोमवार, मंसिर १३, २०७३

बुधबारे।

foot-1024x680
झापाको बुधबारेमा जारी वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता अन्र्तगत सोमबारको खेलमा वडा नम्बर ६ विजयी भएको छ ।
उसले टाइव्रेकरमा वडा नम्बर ४ लाई ५-४ गोल अन्र्तरले पराजित गरेको छ । निर्धारित समय सम्म एक एक को वरावरी भएपछि खेल पेनाल्टी सुट आउट सम्म पुगेको थियो ।

निर्धारित समयमा वडा नम्बर ६ ले पेनाल्टी मार्फत एक गोलको अग्रता लिए पनि त्यसलाई सुरक्षतित गर्न नसक्दा खेल वरावरीमा पुगेको थियो । वडा नम्बर ६ को तर्फबाट महेश राई र ४ को तर्फबाट सोभित राईले गोल गरेका थिए ।

आदर्श क्लब बुधबारेले आयोजना गरेको प्रतियोगितामा मंगलबार वडा नम्बर २ र ८ विच खेल हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर