Aamsanchar

पूर्वाञ्चलमा रासायनिक मल पर्याप्त

Author Image
मङ्गलवार, मंसिर १४, २०७३

विराटनगर।

मल

गहुँखेतीका लागि पूर्वाञ्चलमा रासायनिक मल पर्याप्त मौज्दात रहेको छ ।

यस क्षेत्रका विभिन्न गोदाममा १३ हजार मेट्रिक टन युरिया, तीन हजार ५६५ मेट्रिक टन डिएपी र एक हजार १६५ मेट्रिक टन पोटास मौज्दात छ । गत आवमा पूर्वाञ्चलको एक लाख १०१ हेक्टरमा गहुँखेती गरिएको थियो ।

रासायनिक मलको आपूर्ति गर्दै आएको कृषि सामग्री कम्पनी र साल्टट्रेडिङ लिमिटेड कार्यालय विराटनगरले रासायनिक मल पर्याप्त मौज्दात रहेको जनाएको छ । विभिन्न जिल्लास्थित गोदाममा पाँच हजार ८८५ मेट्रिक टन युरिया, तीन हजार ६५ मेट्रिक टन डिएपी र ९१५ मेट्रिक टन पोटास मौज्दात रहेको र पुस महिनाको मध्यसम्ममा थप डिएपी मल आपूर्ति गरिने कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालयका प्रमुख अजय श्रीवास्तवले जानकारी दिनुभयो ।

यस्तै साल्टट्रेडिङ लिमिटेड विराटनगरका प्रमुख नवीनचन्द्र झाकाअनुसार सात हजार ५०० मेट्रिक टन युरिया, ५०० मेट्रिक टन डिएपी र २५० मेट्रिक टन पोटास मौज्दात रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर