काठमाडौं : नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला ३०० रूपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक सूचीअनुसार मंगलबार छापावाल सुनको मूल्य ९२ हजार ८०० रूपैयाँ रहेको छ। सोमबार प्रतितोला ९२ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो।
यस्तै‚ मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रूपैयाँ कायम भएको छ। सोमबार प्रतितोला ९२ हजार रूपैयाँ तोकिएको थियो।
आज चाँदीको मूल्य पनि अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रूपैयाँले बढेको छ। मंगलबार प्रतितोला एक हजार २१० रूपैयाँ तोकिएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८६ डलर आसपास कारोबार भइरहेको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 62