Aamsanchar

राखेप तत्कालीन सदस्य सचिव सिलवाललाई पदमा फर्कन सर्वाेच्चकाे अन्तरिम आदेश

Author Image
बुधवार, मंसिर २९, २०७८

काठमाण्डाै – सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप) तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवाललाई पदमा फर्कन आज बुधवार अन्तरिम आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले राखेपका तत्कालीन सदस्य सचिव सिलवाललाई बर्खास्ती गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । आदेशको पूर्ण पाठ भने तयार नभएको सर्वोच्च अदालतले जनाएको छ ।

सिलवाललाई गएकाे कात्तिक १ गतेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको थियो । त्यसविरुद्ध सिलवालले कात्तिक २८ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । राखेपमा प्रतिस्पर्धाको माध्यमबाट नयाँ सदस्य सचिवमा टङ्कलाल घिसिङ नियुक्त भइसक्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर