Aamsanchar

कांग्रेस महाधिवेशन : खुला महिलातर्फ केन्द्रीय सदस्यको मतगणना सुरु

Author Image
सोमवार, पौष ५, २०७८

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत खुला महिलातर्फ केन्द्रीय सदस्यको मतगणना भइरहेको छ । हिजो खुला केन्द्रीय सदस्यको मतगणना सकिएपछि खुला महिलातर्फको मतगणना सुरू गरिएको थियो। कांग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठकाअनुसार हिजो बेलुकासम्म सात सय मत गनिएको थियो ।

बाँकी मतगणना अघि बिहान १० बजेदेखि फेरि सुरु गरिएको हो ।

मत गणना कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ । खुला महिलातर्फ ९ जना निर्वाचित हुने छन् । यस्तै, अहिले  खुला महिलातर्फको मतगणनासँगै मधेशी क्लस्टरतर्फको केन्द्रीय सदस्यको मतगणना पनि भइरहेको छ । मधेशी क्लस्टरतर्फ चार जना निर्वाचित हुने व्यवस्था छ।

पर्सिसम्ममा सबै मत गणना सक्ने कांग्रेसको निर्वाचन समितिले जनाएको छ।

Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर