Aamsanchar

आफ्नो सबै व्यवसायबाट अलग हुने ट्रम्पको घोषणा

Author Image
बिहिवार, मंसिर १६, २०७३

वासिंगटन ।

106458-trump

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वार्थ बाझिनसक्ने भएकाले आफ्नो सम्पूर्ण व्यवसायबाट आफू अलग रहने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले आगामी महिना आफ्नो परिवार नै कुनै व्यापार–व्यवसायमा संलग्न नरहने घोषणा गर्ने योजना सार्वजनिक गरेका हुन् ।

ट्वीटमा लेखिएको छ–‘डिसेम्बर १५ का दिन म न्यूयोर्कमा मेरा बच्चाहरुसहित ठूलो पत्रकार सम्मेलन गर्नेछु र मेरो राम्रो व्यवसाय सम्पूर्णरुपमा छोड्नेछु ता कि देश सन्चालनमा म केन्द्रित रहन सकूँ ।’

उनले आफ्नो व्यवसाय छोड्नुपर्ने कुनै कानुनी व्यवस्था नभएपनि राष्ट्रपतिकारुपमा व्यवसायबाट पृथक रहनु ठीक हुने ठानेर छोड्न लागेको स्पस्ट पारेका छन् ।

केहीगरी स्वार्थ बाझिएमा दुबैतर्फ अफ्ठ्यारोपर्ने भएकाले व्यवसायबाट अलग हुने निर्णयमा पुगेको उनले उल्लेख गरेका छन् । आउँदो जनवरी २० तारिखदेखि उनले राष्ट्रपतिको जिम्मेवारी लिने कार्यक्रम छ । त्यसअगाडि नै उनले राष्ट्रपतिकोमात्रै जिम्मेवारीमा रहने बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर