Aamsanchar

थप दुई सय २० जनामा कोरोना सङ्क्रमण

Author Image
सोमवार, पौष ५, २०७८

काठमाण्डाै – पछिल्लो २४ घण्टामा दुई सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार एक सय ४१ जनाको नमुना परीक्षण गर्दा दुई सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ६३ जना कोरोना सङ्क्रमित निको भएका छन् । यही अवधिमा एक जनाले काेराेना सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।

अहिले नेपालमा पाँच हजार दुई सय २५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

यसैबीच पछिल्लो २४ घण्टामा ८६ हजार पाँच सय ९३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ९६ लाख ४६ हजार सात सय २० पुगेको छ । एक करोड २० लाख ९३ हजार नौ सय ८२ जनाले कम्तीमा एक मात्रा खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले ५७ जिल्लामा १२ वर्षमाथिका र देशभर १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाउने काम भइरहेकोले पायक परेको ठाउँमा गएर खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

Views: 613

प्रतिक्रिया (०)

सम्बन्धित खबर