Aamsanchar

लगातार बढेको सुनको भाउ आज घट्याे

Author Image
मङ्गलवार, पौष ६, २०७८

काठमाण्डाै – केही दिनयता लगातार बढेको सुनको भाउ आज भने घटेको छ । सुनकाे भाउ आज तोलामा ८ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज सुन तोलामा ९३ हजार रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँले सस्तो भएर १२ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर