Aamsanchar

प्रदेश १ : सिरिन्जको अभाव, कोभिड–१९ विरुद्धको खोप भने पर्याप्त

Author Image
मङ्गलवार, पौष ६, २०७८

विराटनगर – प्रदेश नम्बर–१ मा कोभिड–१९ विरुद्धको खोप पर्याप्त आएपछि लगाउने सुई (सिरिन्ज) को अभाव भएको छ । सुई नहुँदा अभियान सञ्चालन गर्न कठिनाइ भएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले विराटनगरले जनाएको छ ।

गएको मंसिर २८ गते केन्द्रबाट प्रदेश–१ का लागि तीन लाख ७७ हजार ८५० डोज भेरोसेल खोप प्राप्त भएको थियो । तर, सोही परिमाणमा सुई भने प्राप्त नभएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका निमित्त कार्यालय प्रमुख शम्भु साहले बताए ।

“खोपसँगै सुई पनि नआउँदा कोभिडविरुद्धको अभियान सञ्चालन गर्न सकिएको छैन,” उनले भने, “समस्याको विषयमा केन्द्रलाई जानकारी गराइसकेका छौँ ।”

साहका अनुसार हाल आपूर्ति केन्द्रमा सुईको मौज्दात संख्या ६० हजार मात्र छ । उपलब्ध सुई केही जिल्लामा मात्र दिन सक्ने अवस्था रहेको उनले सुनाए । त्यसले प्रदेशमा मौज्दात मोर्डना खोपका लागि पुग्ने जानकारी दिए । भेरोसेल खोप लगाउन भने तीन लाख सुई आवश्यक रहेको साहले बताए ।प्रदेश–१ का १४ जिल्लामा यही पुस ४ गतेसम्म १७ लाख २९ हजार ११९ जनाले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । पूर्ण मात्रा खोप लगाउनेको संख्या १४ लाख ८८ हजार ७५५ छ ।

Views: 454

प्रतिक्रिया (०)

सम्बन्धित खबर