Aamsanchar

महिला एसिया कप क्रिकेटमा नेपाल ९९ रनले पराजित

Author Image
शुक्रवार, मंसिर १७, २०७३

काठमाडौं:

Nepal-women’s-national-cricket-team-58410d286ce468.84279168

थाइल्याण्डमा जारी महिला एसिया कप ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गतको शुक्रबारको खेलमा नेपाल भारतसँग ९९ रनले पराजित भएको छ ।

टस हारेर व्याटिङ गरेको भारतले निर्धारित समयमा पाँच विकेट गुमाएर एक सय २० रन बनाएको थियो । एक सय २१ रनको लक्ष्यका साथ जवाफी व्याटिङमा उत्रिएको नेपालले १६ दशमलव ३ ओभरमा अल आउट हुँदै २१ रनमा समेटियो ।

नेपालको यो लगातार पाँचौ हार हो । बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा बिहीबार भएको खेलमा पनि नेपालले कमजोर प्रदर्शन गर्दै थाइल्यान्डसँग आठ विकेटको हार बेहोरेको थियो ।

यसअघि भएको पहिलो खेलमा नेपालले पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलङ्कासँग आठ विकेटको हार बेहोरेको थियो । त्यस्तै मङ्गलबार भएको तेस्रो खेलमा बङ्गलादेशसँग ९२ रनले पराजित भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर