भिटामिन सी एउटा यस्तो पोषक तत्व हो जुन पानीमा घोलिन्छ । यसैले शरीरमा यसको पर्याप्त मात्रा बनाइराख्न यसको दैनिक सेवन गर्नुपर्छ । भिटामिन सीले प्रोटिनलाई बचाई राख्न सहयोग गर्छ । यसको एन्टिअक्सिडेन्ट गुणले क्यान्सर हुने सम्भावनालाई पनि कम गछ । यो पोषक तत्वले सासप्रश्वास सम्बन्धि गम्भीर संक्रमण र टिबीको रोग लाग्नबाट पनि जोगाउँछ ।भिटामिन सीको प्राकृतिक स्रोत
सुन्तला, कागती, किवी, चेरी, ब्लूबेरी, गोलभेडा र ब्रोकाउलीमा भिटामिन सी सर्वाधिक पाइन्छ । यसका अलावा चुकन्दर, बन्दाकोभी, अमला, सलगम, मुलाको पात र खुर्सानीमा पनि भिटामिन सी पाइन्छ ।अधिक मात्रामा भिटामिन सी पनि हुन सक्छ खतरनाक
भिटामिन सीको अधिक मात्रामा सेवन पनि हानीकारक सावित हुन सक्छ । यसले शरीरमा आइरन बढ्न सक्छ । साथै पेट खराब हुनु, बान्ता लाग्नु, टाउको पोल्ने र दुख्ने हुन्छ । यसका साथै यसले निद्रा नलाग्ने समस्या पनि निम्त्याउन सक्छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 136