काठमाडौं : प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टीम एपिएफ र प्रदेश १ बीच प्रतिस्पर्धा हुने भएको छ। खेल आज विहान साढे १० बजे सुरु हुने छ।
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको फाप्ला क्रिकेट मैदानमा शनिबार भएको सेमिफाइनलमा एपिएफले लुम्बिनी प्रदेशमाथि ३८ रन तथा प्रदेश एकले घरेलु टोली सुदूरपश्चिम प्रदेशमाथि ९ विकेटको जित हासिल गर्दै फाइनलमा पुगेका हुन्।
प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पाउनेछ भने उपिवजेताको भागमा तीन लाख रुपैयाँ पुरस्कार पाउनेछ।
यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन् भने उत्कृष्ट बलरले र ब्याट्समयानले जनही १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 247