Aamsanchar

काठमाडौं उपत्यकासहित आठ जिल्लामा फाइजर खोप अभियान राेकियाे

Author Image
सोमवार, पौष १२, २०७८

काठमाडौं : काठमाडौं उपत्यकासहित आठ जिल्लाका १२ देखि १७ वर्षसम्मका किशोरकिशोरीलाई भोलिदेखि लगाइने भनिएको कोरोनाविरुद्धको खोप अभियान स्थगित भएको छ। सिरिन्ज अभावका कारण फाइजर खोप अभियान रोकिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खोप शाखाका प्रमुख सागर दाहालका अनुसार सिरिन्ज आउने क्रममा रहेको र आइसकेपछि खोप लगाउने नयाँ तालिका सार्वजनिक गरिने बताए। मन्त्रालयले पुस १३ देखि पुस २२ गतेसम्म बागमती प्रदेशअन्तर्गत उपत्यकाका तीन जिल्लासहित काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, सुदूरपश्चिम प्रदेशको डडेल्धुरा र कर्णाली प्रदेशको सुर्खेतमा खोप अभियान सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको थियो।

५७ जिल्लामा सुरु भएको मोडर्ना खोप अभियान भने जारी रहेको खोप शाखा प्रमुख दाहालले बताए। ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई पुस ४ गतेदेखि सुरु भएको खोप अभियान पुस १४ गतेसम्म सञ्चालन हुनेछ। उनीहरुलाई दोस्रो डोज माघ २ गतेदेखि १२ गतेसम्म लगाइने मन्त्रालयले जनाएको छ।

Views: 267

प्रतिक्रिया (०)

सम्बन्धित खबर