Aamsanchar

१९ वर्षमुनिको एसिया कप क्रिकेट : नेपालले आज कुवेतसँग खेल्दै

Author Image
मङ्गलवार, पौष १३, २०७८

काठमाण्डाै – १९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आज कुवेतसँग खेल्दैछ । समूह चरणको अन्तिम खेलमा नेपालले कुवेतसँग खेल्न लागेको हो ।

नेपाल पहिलो खेलमा नेपाल बङ्गलादेशसँग तथा दोस्रो खेलमा श्रीलङ्कासँग पराजित भएको थियो ।

यूएईमा बिहान सवा ११ बजे हुने खेलमा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । समूह ‘बी’ मा रहेको नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

समूह ‘बी’ बाट बङ्गलादेश र श्रीलङ्का तथा समूह ‘ए’ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालले आज थाइल्याण्डसँग खेल्ने
आइतवार, कार्तिक २५, २०८१
नेपालले आज यूएई विरुद्ध खेल्ने
शनिवार, कार्तिक २४, २०८१