काठमाडौं,
स्वरसम्राट नारायण गोपालको २६ औं स्मृति दिवस आइतबार विभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपाली सुगम संगीतका अजम्बरी गायक नारायण गोपालको सम्झनामा आज विभिन्न कार्यक्रम हुँदैछन् ।
वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको थियो ।
विक्रम सम्वत् २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गायर स्वर परीक्षा पास गर्नुभएका नारायण गोपालले एक सय ३६ भन्दा धेरै गीत गाउनु भएको छ ।
उहाँले आधुनिक मात्र नभएर डेढ दर्जन जति नेपाली चलचित्रका लागि पनि गीत गाउनुभएको छ । उहाँले गाएका म त लाली गुराँस भएछु, एउटा मान्छेको मायाले कति, लौ सुन म भन्छु मेरो राम कहानी लगायतका गीत अहिले पनि उतिनै रुचाइएका छन् ।
यसैबिच नारायण गोपालको सम्झनामा झापामा पनि विभिन्न कार्यक्रमहरु हुदैछन् ।