Aamsanchar

प्रदेश १ कोरोना अपडेट

Author Image
सोमवार, पौष १९, २०७८


विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७ जनामा कोेरोना संक्रमण भएको छ । ४२३ जनाको पीसीआर परीक्षण गर्दा २५ र १०२ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३, सुनसरीमा ४, झापामा ३, उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा १०, उर्लाबारी, बेलबारी र धनपालथानमा १–१, सुनसरीको इटहरीमा २, धरान र रामधुनीमा १–१, झापाको भद्रपुर, मेचीनगर र कमल गाउँपालिकामा १–१, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५ महिला र ६ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १३५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर