Aamsanchar

पाकिस्तानमा हराएको विमान दुर्घटना

Author Image
बुधवार, मंसिर २२, २०७३

मंसिर,

CzEpZkPVQAAoO4r-584802254bddb2.08092710

पाकिस्तानको चित्रलबाट इस्लामावादका लागि उडेको पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको ४२ यात्रु र चालकदल सवार विमान दुर्घटना भएको रेडियो पाकिस्तानले जनाएको छ ।

यात्रुमध्ये दुईजना नवजात शिशु भएको बताइएको छ । पाकिस्तान रेडियोका अनुसार विमान पातोला गाउँ नजिकै करपालमा दुर्घटना भएको हो । विमान दिउँसो एबोटावादको हजारा नजिकैबाट सम्पर्कविहीन भएको थियो ।

उद्धारका लागि पाकिस्तान आर्मी हेलिकप्टरबाट दुर्घटनास्थलतर्फ गएको बताइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर