Aamsanchar

पाँचथरमा एक सय रुपैंयाँ संकलन अभियान

Author Image
शुक्रवार, मंसिर २४, २०७३

पाँचथर ।

timthumb

हिंसा प्रभावित महिलाहरुलाई सहयोग गर्ने उद्देश्यले पाँचथरमा एक सय रुपैँयाँ संकलन अभियान चलाईएको छ ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा संयुक्त महिला अधिकार सञ्जाल पाँचथरले उक्त अभियान चलाएको हो ।

मंसिर १० गतेदेखि सुरु गरिएको अभियानमा अहिलेसम्म ५२ हजार २ सय २५ रुपैया रकम संकलन गरिएको सञ्जालकी अध्यक्ष विमला ढकालले बताए ।

मंसिर २५ सम्म सञ्चालन गरिने अभियानमा संकलित रकमबाट हिंसा प्रभावित महिला सहायता अक्षय कोष स्थापना गरिने उनले बताए । घर, परिवार र समाजमा फर्केर जान नसक्ने पीडित महिलालाई सहयोग गर्न अक्षय कोष स्थापना गर्न लागिएको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर