Aamsanchar

कृपालाई सारेगमप लिटिल च्याम्प्स बनाउन अपील

Author Image
बुधवार, माघ १२, २०७८

बिर्तामोड । शास्त्रीय संगीतमा आफूमा निखारता ल्याउदै सानै उमेरदेखि साँंगितिक यात्राको बाटो तय गरेकी झापा बिर्तामोडकी कृपा पौडेल नेपाली बाल गायन रियालिटी शो सारेगमप लिटिल च्याम्प्स नेपाल’ की फाइनालिस्ट बन्न सफल भएकी छन् ।

विभिन्न अडिसनमा देश तथा विदेशबाट सहभागी ३५ हजार पाँच सयभन्दा बढी बाल प्रतियोगीलाई पछि पार्दै उत्कृष्ट ५ मा छनोट भएर फाइनल राउन्डमा प्रवेश गरेपछि कृपा जिताऔँ अभियानले भोट गर्न अपिल गरेको छ ।

आज बिर्तामोडमा पत्रकार भेटघाट कार्यक्रम गरेर अभियानको तर्फबाट र उनका बुवा कुमार पौडेलले सञ्चारमाध्यममार्फत सबै समर्थकलाई भोट गर्न आग्रह गरेका हुन् । गत वर्ष १३ वर्षकै उमेरमा शिव ताण्डव स्तोत्र पाठ गरेर चर्चा बटुलेकी कृपाले सारेगमप लिटिल च्याम्प्स नेपालमा पनि अब्बल प्रस्तुति दिइरहेकी छन् ।

झापा बिर्तामोड–२ चारपानेकी १४ वर्षीया गायिका कृपालाई शुक्रबार र शनिबार बेलुका ९ बजे ग्यालेक्सी टिभीबाट प्रसारण भइरहेको ‘रियल सारेगमप लिटिल च्याम्प्स नेपाल’ को विजेता बनाउन मोबाइलको म्यासेज बक्समा गएर एसजिएमपी स्पेस ०९ टाइप गरेर ३३००१ मा पठाउनुपर्ने छ । त्यस्तै, मोमो एप्स डाउनलोड गरेर देश तथा विदेशबाट एकमुस्ट भोट गर्न सकिनेछ । भोट यही माघ २२ गते राति ९ बजेसम्म गर्न सकिनेछ । कृपाले हरेक एपिसोडमा निर्णायक न्ह्युु बज्राचार्य, इन्दिरा जोशी, कालीप्रसाद बाँस्कोटा र १५ जना ग्रान्ड जुरी मेम्बरको मन जित्दै आएकी छन् । सफल भइरहेकी छिन् भने हरेक इपीसोडमा दर्शक तथा श्रोताको मन समेत जितिरहेकी छिन् ।

मोहनमाया माविमा कक्षा ९ मा अध्ययनरत् उनी बिर्तामोडको सरगम संगीतालय र सप्तक म्युजिक क्लासमा संगीत सिक्दै गरेकी छन् ।
पत्रकार सम्मेलनमा कृपाका बुवा कुमार, अभियानका अध्यक्ष तथा बिर्तामोड २ का वडा अध्यक्ष नगेन्द्र संग्रौला, अभियानका सचिव तथा कलाकार माधव कल्पित, अभियान्ता तथा रोटरी क्लब अफ बिर्तामाडका अध्यक्ष दिनेश पोखरेल, सञ्चारकर्मी दिपेन्द्र पौडेललगायतले कृपाका बारे जानकारी दिएका थिए ।

यसैबीच, कृपालाई भोट गर्नका लागि झापा हल्दिबारीको क्यानेरी एकाडमीले नगद हस्तान्तरण गरेको छ । आज बिर्तामोडमा एकाडमीका सहप्रधानाध्यापक मोहन बेघाले कृपाका बुवा कुमार र अभियान्ता कल्पितलाई नगद १० हजार रुपैयाँ प्रदान गरेका हुन् ।

पछिल्लो प्रस्तुती हेर्नुहोस् ।

https://youtu.be/-Ufg_Nmr8bs

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 770

प्रतिक्रिया (०)

सम्बन्धित खबर