Aamsanchar

चीनलार्इ परमाणु हतियार बनाउन सुझाव

Author Image
शनिवार, मंसिर २५, २०७३

बेइजिङः

donald-trump-penn-nov-584a27d2d79083.23546854

चीनको कम्युनिस्ट पार्टी समर्थित पत्रिका ‘ग्लोबल टाइम्स’ले चीनले सैन्य खर्च बढाउनुपर्ने र परमाणु हतियार वृद्धि गर्नुपर्ने बताएको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएकाले यस्तो गर्नुपर्ने आफ्नो सम्पादकीयमा उल्लेख गरेको छ ।

ट्रम्पले चीनलाई एकल्याउने कोसिस गरिरहेकाले राष्ट्रिय स्वार्थका लागि रणनीतिक परमाणु हतियार बनाउन आवश्यक भएको सुझाव दिएको छ । चीनले डिएफ–४१ अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र तैनाथ गर्नुपर्नेमा जोड दिएको छ । अंग्रेजी र चिनियाँ दुवै भाषामा प्रकाशित लेखमा भनिएको छ, ‘सन् २०१७ मा चीनले सैन्य खर्च निकै बढाउनु आवश्यक छ ।’

‘ग्लोबल टाइम्स’ सत्तारूढ कम्युनिस्ट पार्टी निकट पत्रिका हो । सम्पादकीयमा उल्लेख छ, ‘हामी ताइवानका विषयलाई लिएर पनि सैन्य रूपले उच्चस्तरीय हुनु आवश्यक छ । यसबाट स्वतन्त्र ताइवानको माग गर्नेलाई कारबाही गर्न सकिनेछ । दक्षिण चीन सागरमा अमेरिकाको भड्काउपूर्ण व्यवहारबाट सावधान हुन सहज हुनेछ ।’

यसअघि ट्रम्पले सुरक्षाका विषयमा पैसा लिनुपर्ने बताएका थिए । यदि अमेरिकाले कसैको सुरक्षा गर्छ भने त्यसको सट्टा रकम भुक्तानी गर्नुपर्ने उनले बताएका थिए । उक्त पत्रिकामा ‘चीनले ट्रम्पलाई पैसा पनि नदिने र त्यसको साटो उक्त रकम परमाणु हतियार बनाउन खर्च गर्ने’ उनको भनाइ छ । चीनले आफ्नो अन्तरमहाद्वीपीय ब्यलिस्टिक मिसाइल डिएफ—४१ तैनाथ गर्नुपर्ने उनले स्पष्ट पारेका छन् । यो सातामात्रै ट्रम्पले दुईपटक चीनलाई भड्काउने खालका प्रतिक्रिया दिइसकेका छन् ।

त्यसकै प्रत्युत्तरमा चीनले पनि यस्ता विचार प्रकाशित गर्न थालेको छ । चुनाव जितेपछि ट्रम्पले ताइवानी राष्ट्रपतिलाई फोन गरेका थिए । यसको चीनले कडा विरोध गरेको थियो । चिनियाँ विदेशमन्त्री वाङ यीले यस्तो व्यवहार नगर्न अमेरिकालाई चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर