Aamsanchar

थ्रीस्टार क्लबले माग्यो एन्फासँग ६ करोड क्षतिपूर्ति

Author Image
मङ्गलवार, मंसिर २८, २०७३

काठमाडौं :

three-star_UWrwt7qTap

थ्रीस्टार क्लबले अखिल नेपाल फुटबल संघ एन्फाको लापरबाहीका कारण ठूलो क्षति व्यहोर्नुपरेको भन्दै एन्फासंग ६ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेको छ।

मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै क्लबले मंगोलियामा भएको एएफसी कपको समूह चरण पार गरेर पनि प्ले अफ खेल्नबाट बन्चित हुनुपरेकोमा एन्फा दोषी रहेको भन्दै क्षतिपुर्ति माग गरेको हो।

एएफसीले बारम्बार एएफसी कप प्ले अफको सहभागिताका लागि क्लब दर्ता गर्न पत्राचार गर्दा पनि एन्फाले त्यसलाई वेवास्ता गरेका कारण आफूहरु प्ले अफ खेल्नबाट बञ्चित हुनुपरेको क्लबका कार्यबाहक अध्यक्ष अरुणमान जोशीले बताए।

एएफसीमा दर्ता नगरेको कारण आम नेपाली फुटबलप्रेमीलाई दुखी बनाएको भन्दै उसले घटनाको सत्यतथ्य छानबिन गरी दोषी माथि कारबाही गर्न नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीसंग आग्रह गरेको छ।

छनौट चरणदेखि अहिलेसम्मको तयारीका लागि आर्थिक रुपमा करोडौँ घाटा बेहोर्नुपरेको, खेलाडीलाई अनुबन्धन गर्दा क्लबले लाखौं रुपैयाँ लगानी गर्नुपरेको कार्यबाहक अध्यक्ष जोशीले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर