Aamsanchar

यु–१९ एसिया कप क्रिकेटः नेपालद्वारा मलेसिया एक विकेटले पराजित

Author Image
आइतवार, पौष ३, २०७३

काठमाडौंः 

sandeep_lamichhane-58454105e17007-58566a813e3708.88762771

एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले मलेसियालाई एक विकेटले पराजित गरेको छ। श्रीलंकाको कोलम्बोमा आइतबार भएको खेलमा नेपालले मलेसियालाई एक विकेटले पराजित गरेको हो।

मलेसियाले दिएको १५४ रनको लक्ष्य नेपालले ४४ दशमलब ४ ओभरमा ९ विकेट गुमाएर भेट्टायो। नेपालका लागि पवन शराफले २९ र सन्दिप लामिछाने ३ रनमा अविजित रहे। यस्तै नेपालका लागि अनिल शाहले सर्वाधिक ३२ रनको योगदान दिए।

यस्तै अभिनाश कर्णले २९, दिपेन्द्रसिंह ऐरीले २२ तथा रोहित कुमारले १२ रनको योगदान दिए। यसअघि टस हारेर पहिले व्याटिङ गरेको मलेसियाले ४४ दशमलब ४ ओभरमा अलआउट हुँदै १५३ रन बनाएको थियो। नेपालका लागि आदिल खानले तीन तथा कप्तान सन्दिप लामिछाने र दिपेन्द्रसिंह ऐरीले समान २–२ विकेट लिए।

यस्तै रोहित कुमार र शुभन्कर उरावले समान १–१ विकेट लिएका थिए। यसअघि नेपाल घरेलु टोली श्रीलंकासँग एक रनले पराजित भएको थियो भने छिमेकी मुलुक भारतसँग ६ विकेटले पराजित भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर