Aamsanchar

झापामा ३ अर्ब रुपैयाँको चिया उत्पादन

Author Image
बुधवार, पौष ६, २०७३

बिर्तामोड।

tea

झापामा ३ अबर रुपैयाँको चिया उत्पादन भएको छ । जिल्लामा १२ हजार हेक्टर क्षेत्रमा चिया लगाइएको र पछिल्लो समय उक्त मूल्य बराबरको चिया उत्पादन भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चिया विकास अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
१२ हजार हेक्टर क्षेत्रफलमध्ये ३६ सय हेक्टर क्षेत्रफल साना चिया किसानको रहेको छ । झापामा साना चिया किसानको संख्या २ हजार ९ सय ९२ रहेको छ । झापामा १ करोड ८२ लाख केजी तयारी चिया उत्पादन हुने गरेको अधिकारीले बताए ।
यहाँ उत्पादित चियामध्ये ४० प्रतिशत नेपालमा खपत हुने र ६० प्रतिशत भारत निर्यात हुने गरेको चिया तथा कफी विकास बोर्डको तथ्यांकमा उल्लेख छ । झापामा २५ विगाहभन्दा माथि २७ विगाहभन्दा माथि विकास बोर्डमा दर्ता रहेका छन् ।
झापाको चिया बगानमा ३० हजार मजदुरले रोजगारी पाएको बताइएको छ । देशभर ६० हजार मजदुर कार्यरत रहेको र त्यसको आधार मजदुर झापामा कार्यरत छन्– चिया विकास अधिकृत अधिकारीले भने । चियाको राष्ट्रिय उत्पादन २ करोड ३१ लाख रहेको छ । त्यसको ठूलो हिस्सा झापाले ओगटेको अधिकारीले बताए । उनले भने २६ हजार १ सय ६५ हेक्टर क्षेत्रफलमा देशभर चिया खेती हुने गरेको छ । तर, झापामा मात्रै १२ हजार हेक्टर क्षेत्रफलमा चिया खेती हुन्छ ।
झापामा २६ वटा चिया उद्योग सञ्चालनमा रहेका छन् । नेपालमा उत्पादित ५० लाख केजी चिया अर्थोडक्स रहेको छ भने १ करोड ४२ लाख केजी सिटिसी चिया उत्पादन हुने गरेको छ । अर्थोडक्स चिया उत्पादनका लागि ३० वटा ठूला चिया उद्योग सञ्चालनमा छन् । त्यस्तै साना उद्योग ४५ वटा रहेका छन् । नेपालमा उत्पादित ५० लाख केजी अर्थोडक्स चिया, तेस्रो देशसमेत निर्यात हुने गरेको छ । नेपालमा १६ हजार किसानले रोजगार पाएका छन् । झापामा उत्पादित हरियो चियापत्तीले उचित मूल्य नपाएको भन्दै झापाली साना किसान चिया व्यवसायी अहिले आन्दोलनमा छन् ।
साउन २३ गतेबाट संघका अध्यक्ष पूर्ण कार्की झापाली किसानले उत्पादन गरेको चियाले उचित मूल्य पाउनुपर्ने माग राख्दै भद्र धर्नामा बसेका छन् । ५६ दिनसम्म झापामा भद्र धर्ना बसेका कार्कीको मागको कुनै सुनुवाई नभएपछि उनी अहिले राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय कार्यालयमा भद्र धर्नामा छन् ।
निरन्तरको धर्नापछि चिया विवाद समाधानका लागि कृषि मन्त्रालयका उपमहानिर्देशक सूर्यप्रसाद पौडेलको संयोजकत्वमा समिति गठन गर्दै विवाद सुल्झाउन पहल गरेको छ । टोलीले झापा आएर विवाद सुल्झाउन अभियान शुरु गरेको र अभियानपश्चात भारतमा रहेका चिया अक्सन सेन्टरको अवलोकन पश्चात टोली फर्किएको बताइएको छ ।
९ सदस्यीय टोलीले झ,ापाली चिया व्यवसायीलाई भेटेर फर्किएको र उद्योगी, सांसद, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवालासँग छुट्टनछुट्टै भेट गरेर प्रतिवेदन तयार गर्दै फर्किएको छ ।  पछिल्लो समय कृषकले विषादि प्रयोगमा कम गरेसँगै झापामा प्रत्येक वर्ष चियाको उत्पादन बढ्दै गएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर