Aamsanchar

नरेन्द्रले आर्थिक सहयोग गरे

Author Image
बिहिवार, पौष ७, २०७३
बिर्तामोड।  
1458878020_Mercado lifts Messi after scoring his first goal for Argentina
मेची नेत्रालय काँकरभिट्टा गोल्डकप प्रतियोगिता दोस्रो संस्करणलाई धाइजनका व्यवसायी तथा खेलप्रेमी नरेन्द्र मेचेले आर्थिक सहयोग गर्ने भएका छन् ।
बुधबार आयोजक र मेचेबीच यो सहमति भएको आयोजक  काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष मिनबहादुर बस्नेतले बताए ।
खेलको वेष्ट प्लेयरले प्राप्त गर्ने नगद २५ हजार रुपैयाँ सजित तामाङले, वेष्ट गोल किपरले प्राप्त गर्ने १० हजार रुपैयाँ वि—क्यान एफसी क्लब काँकरभिट्टाले, हाई स्कोररले प्राप्त गर्ने १५ हजार रुपैयाँ काँकरभिट्टा निवासी भद्रमाया वस्नेतले स्वर्गीय पति खड्गबहादुर बस्नेतको स्मृतिमा प्रदान गर्ने बुधबार सहमति भएको छ ।
मुख्यः प्रायोजक रहेको मेची नेत्रालयले प्रत्येक खेलको म्यान अफ द म्याच ५ हजार रुपैयाँ प्रदान गर्ने भएको छ । उदयिमान खेलाडीले प्राप्त गर्ने नगद ५ हजार रुपैयाँको पुरस्कार मनोज थापाले प्रदान गर्ने भएका छन् ।
प्रतियोगितलाई सफलरुपमा सम्पन्न गर्न स्थानीय व्यवसायी बालकृष्ण थापाले करिब ३० हजार रुपैयाँ मुल्य बराबरका ट्रफि प्रदान गर्ने भएका छन् । यसैबीच मेचीनगर नगरपालिकाले प्रतियोगितालाई आगामी वर्षदेखि मेचीनगर गोल्डकप बनाउँन आयोजकलाई सुझाँव दिएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर