Aamsanchar

बानेश्वरमा स्वर्गीय जोशीको शालीक अनावरण

Author Image
सोमवार, चैत १४, २०७८

काठमाडौं । शिक्षासेवी एवम् कांग्रेस नेता नवीन्द्रराज जोशीको शालीक आइतबार अनावरण गरिएको छ । कान्तिपुर कलेज अफ म्यानेजम्यान्ट एण्ड इन्फरमेशन टेक्नोलोजी मध्य बानेश्वर परिसरमा दिवंगत जोशीको शालीक निर्माण गरिएको थियो ।

कलेजका संस्थापक प्रवन्ध निर्देशक समेत रहनु भएका शिक्षासेवी जोशीलाई २०७७ साल चैत १२ गते शुक्रबारराति आठ बजेर २४ मिनेट जाँदा अस्पतालले निधन भएको घोषणा गरेको थियो । ५७ वर्षीय जोशीलाई फागुन १३ गते मस्तिष्कघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो । एक महिनादेखि उपचाररत जोशीको स्वास्थ्यमा खासै सुधार आएको थिएन ।

दिवंगत जोशीको प्रथम स्मृति दिवसको अवसर पारेर कलेजले निर्माण गरेको शालीकको अनावरण कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्व विद्यालयका पूर्व उपकुलपति डाक्टर केदारभक्त माथेमाले अनावरण गर्नुभएको थियो । कार्यक्रममा प्राध्यापक डाक्टर पुष्कर बज्रचार्यलगायतले स्वर्गीय जोशीले नेपालको शिक्षालगायत राजनीतिकक्षेत्रमा पुर्याएको योगदानको कदर गदैं उहाँ सवै नेपाली जन जनको हिर्दयमा रहेको धारणा राख्नुभएको थियो ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशकभन्दा लामो समय अनवरत संघर्षरत नवीन्द्रराज जोशीको निधनले आफुहरु मर्माहत र स्तब्ध भएको वक्ताहरुको भनाई थियो । जोशीको निधनले देशले शिक्षाप्रेमी शिक्षासेवी गुमाएको बताइएको छ ।

२०३६ सालबाट विद्यार्थी राजनीतिमार्फत राजनीतिमा लाग्नुभएका जोशीले नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला अध्यक्ष र केन्द्रीय महामन्त्रीको जिम्मेदारी सम्हाल्दै संविधानसभामा काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित तथा काठमाडौं महानगरपालिकाका पूर्वउपमेयरको जिम्मेवारी समेत कुशलतापूर्वक बहन गर्नुभएको थियो ।

२०३६ सालबाट विद्यार्थी राजनीति मार्फत राजनीतिमा होमिनुभएका जोशी राजनीतिक यात्राका क्रममा पटकपटक पक्राउ परी हिरासतमा रहिसक्नुभएको थियो । सधै जनतासँग निकट सम्पर्कमा रही सुखदुःखमा साथ दिदै आउनु भएकाले जनताले संविधानसभामा आफूलाई विजयी बनाएको उहाँको आकलन थियो । लोकतान्त्रिक मूल्य–मान्यता र संस्कृतिले नै देशलाई प्रगतिको बाटोमा हिडाउन सक्ने उहाँको मान्यता रहेको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट एम.बी.ए. गर्नुभएका सभासद स्वर्गीय जोशीका राजनीतिक लेख रचना पत्रपत्रिकामा प्रकाशित हुँदै आएका थिए ।उहाँ गणेशमान सिंह अध्ययन प्रतिष्ठानका संस्थापक तथा अध्यक्ष हुनुहुन्थयो । एक छोरीका पिता जोशीले संविधानसभामा उठाउने अठोट गरेका प्रमुख दुई मुद्दा संघीयताकोे खाका कोर्ने, ख. काठमाडौँमा खानेपानीको व्यवस्था मिलाउने थिए ।

Views: 304

प्रतिक्रिया (०)

सम्बन्धित खबर