Aamsanchar

नेपालद्वारा पीएनजीलाई २ सय ४ रनकाे लक्ष्य

Author Image
बिहिवार, चैत १७, २०७८

काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई दुई सय चार रनकाे लक्ष्य दिएकाे छ ।

आज बिहीवार कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय तीन रन बनायाे । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६६ रन बनाए । यस्तै राेहित पाैडेलले ४१, आशिफ शेखले ३८ रन बनाउँदा टी–२० मा डेब्यु गरेका आदिल आलमले ११ बलमा ३१ रन बनाए ।

बलिङतर्फ पीएनजीका कबुआ माेरेले तीन विकेट लिए । यस्तै रिले हिकुरेले दुई विकेट लिँदा नाेरमन भानुआ र नाेसइना पाेकनाले एक/एक विकेट लिए ।

आजको खेल नेपालको ५० औं टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल हो । नेपालले अहिलेसम्म खेलेका ४९ टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा २७ खेलमा जित निकालेको छ भने २१ खेलमा पराजित र एक खेल नतिजा विहीन भएको छ । आजको खेलमा अलराउण्डर आदील अन्सारीले डेब्यु गरेका छन् । कुशल मल्लको ठाउँमा आदीलले डेब्यु गरेका हुन् ।

यसअघि हिजो बुधवार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले र गएकाे सोमबार भएको पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको थियो । लगातार दोस्रो जितसँगै नेपाल चार अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ र फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । नेपालले चौथो खेल आउँदो शनिवार फेरि मलेसियासँग खेल्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर