Aamsanchar

उडेको केही समयपछि नै रुसी विमान बेपत्ता

Author Image
आइतवार, पौष १०, २०७३

पुस,

Thumbnails2_640x392_25853_153008

उडेको केही समयमै रुसी विमान राडारबाट सम्पर्क बिहीन भएको छ । रुसको सोचीबाट उडेको विमान सम्पर्क बिहीन भएको हो । टियु–१५४ उडानको विमानमा ७० देखि एक सय जना यात्रु रहेको उल्लेख गरिएको छ ।

विमान रुसको रक्षा मन्त्रालयको रहेको खबर छ । तर यसको पुष्टि भने भएको छैन । सिरियाको लटाकिए प्रान्तका लागि उडेको विमान बेपत्ता भएको हो । यस विषयमा रुसी अधिकारीले केही प्रतिक्रिया दिएका छैनन् ।

समाचार संस्था इन्टरफ्याक्सले स्रोतलाई उद्धृत गर्दै विमान नेपाली समय अनुसार आइतबार बिहान ८ बजेर पाँच मिनेटमा राडारको सम्पर्क बाहिर गएको जनाएको छ ।

विमान उडेको २० मिनेटपछि बेपत्ता भएको हो । विमान ब्ल्याक सी नजिक बेपत्ता भएको हो । खोजी भइरहेको रुसको सरकारी टेलिभिजन उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर