एजेन्सी – आयरल्याण्डमा बस्दै आएकी एक युवतीले आफ्नो प्रेमीको अगाडि लाज मानेर अपान वायू (पाद) रोकेर बस्दा अस्पताल भर्ना हुन परेको खुलासा गरेकी छिन् ।
बेलायती पत्रिका ‘द सन’ का अनुसार ती युवतीले हाल यो घटनालाई आफ्नो टिकटक अकाउन्ट काजा किड मार्फत सेयर गरेकी हुन् । उनको यो भिडियोलाई २० लाख भन्दा बढी मानिसले हेरेका छन् । यस भिडियोमा उनले भनेकी छिन् कि उनी सधै आफ्नो प्रेमीसँग भेट्दा शरीरको ग्याँसलाई रोकेर राख्ने गर्थिन् । जसका कारण उनको पेटमा समस्या बढ्न थाल्यो । पछि समस्या यती धेरै बढ्योकि उनको शल्यक्रिया समेत गर्नुपर्यो ।
सधै सँगै रहने प्रेमीका अगाडि लाज मानेर लामो समयसम्म शरीरको ग्याँसलाई रोकेका कारण युवतीमा यस्तो समस्या आएको उनले बताएकी छिन् । अस्पतालबाट उनले आफ्नो तस्वीर पनि सेयर गरेकी छिन् । जसमा उनले आफ्नो एपेन्डिक्समा ग्याँसका कारण समस्या भएको बताइन् ।
यद्यपि थुप्रै अनुसन्धानले ग्याँसलाई रोकेर राख्दा दीर्घकालिन हानी हुन सक्ने बताएका छन् । त्यस्तै हेल्थलाइनको रिर्पोटका अनुसार शरीरको ग्याँसलाई रोकेर राख्दा समस्याहरू निम्तिने हुन्छ । त्यसैले गर्दा यसलाई बाहिर निकालेकै राम्रो हुन्छ ।