Aamsanchar

युरोपियन च्याम्पियन्स लिगमा चेल्सीविरुद्ध रियलको जित

Author Image
बिहिवार, चैत २४, २०७८

युरोपियन च्याम्पियन्स लिगमा करिम बेन्जमाले लगातार ह्याट्रिक गरेका छन्। अन्तिम १६ मा पिएसजीविरुद्ध ह्याट्रिक गरेका बेन्जामाले अन्तिम आठको पहिलो लेगमा पनि चेल्सीविरुद्ध ह्याट्रिक गर्दै आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेका छन्।

बेन्जामा च्याम्पियन्स लिगमा लगातार ह्याट्रिक गर्ने चौथो खेलाडी बने। उनीभन्दा अघि लगातार ह्याट्रिक गर्ने कीर्तिमान क्रिष्टियानो रोनाल्डो, लियोनेल मेसी र लुइज अड्रियानोको नाममा रहेको थियो।

क्वाटरफाइनलको पहिलो लेगमा चेल्सीलाई उसकै मैदानमा ३-१ ले पराजित गर्दा सबै तीन गोल बेन्जामाले सम्भव बनाएका थिए। चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा पहिलो लेगमा स्पष्ट दुई गोलको अग्रतासँगै रियलको सेमिफाइनल संभावना बलियो बनेको छ।

साविक च्याम्पियन चेल्सीविरुद्ध २१ औं मिनेटमा बेन्जामाले पहिलो गोल गर्दै खेलमा अग्रता बनाएका थिए। उनले भिनिसियल जुनियरको पासलाई हेड गर्दै पहिलो गोल गरेका थिए। लगतै बेन्जामाले २४ औं मिनेटमा दोस्रो गोल गर्दै घरेलु समर्थकलाई निरास बनाएका थिए।

तर‚ पहिलो हाफमै खेलमा फर्किने क्रममा काइ हावर्टले ४० औं मिनेटमा जोर्गिन्होको पासलाई सदुपयोग गरेका थिए। खेलमा ह्याट्रिक पूरा गर्ने क्रममा बेन्जामाले दोस्रो हाफको सुरुवातमै गोल गरे। ४६ औं मिनेटमै टिमका लागि ह्याट्रिक पूरा गरेका ३४ वर्षीय बेन्जामाले  रियलमा आफ्नो रवाफिलो प्रदर्शन जारी राख्न सफल भएका थिए।

भिल्लारियलसँग वार्यन पराजित

यस्तै‚ च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको क्वाटर फाइनलको पहिलो लेगमा वार्यन म्युनिख पारित भएको छ। खेलमा भिल्ला रियल १-० ले विजयी भएको हो।

घरेलु मैदानमा भिल्ला रियललाई जित दिलाउन अर्नउट दान्जुमाले सुरुवातमानै गरेको एकमात्र गोल निर्णायक बन्यो। भिल्ला रियलमा सुरुवातमै गोल गर्ने क्रममा भिल्ला रियल राम्रो लयमा देखिएको थियो। भिल्लारियलले १० मिनेटभित्र अग्रता बनाउने क्रममा ८ औं मिनेटमै परेजोको पासलाई दानजुमाले सदुपयोग गरेका थिए।

त्यसलगतै फ्रान्सिस कोकलिनले गोल गरे पनि उक्त गोलले मान्यता नपाउँदा भिल्लारियल अग्रता दोब्बर पार्ने मौकाबाट चुकेको थियो। त्यसपछि जेराड मोरेनेको प्रहार पनि पोस्टमा लागेको थियो। वार्यनले भने पहिलो हाफमा एउटापनि सट टार्गेटमा राख्न सेकन।

दोस्रो हाफमा वार्यनले गोलका प्रयास गरेपनि सफल भएन्। खेलमा अधिकांश समय बल आफ्नो पोसेसनमा राखे पनि वार्यन पहिलो लेगमा १-० ले पछि रहन बाध्य भयो। अब यी दुईबिचको दोस्रो लेग म्युनिखको घरेलु मैदानमा आगामी १३ अप्रिलमा हुने छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 431

प्रतिक्रिया (०)

सम्बन्धित खबर