शान्तिनगर – बुद्धशान्तिमा जारी प्रथम शान्तिनगर जागृती नकआउट फुटबल प्रतियोगिताको उपाधिको लागि आज रोङ र आदर्श युवा क्लब बुधबारे भिडदै छन ।
खेल बुद्धशान्ति ५ खारखोलाको गौतम बुद्ध प्राबिको खेल मैदानमा दिउँसो २ बजेदेखी हुने आयोजक समितिका सदस्य विशाल गुरुङ्ले जानकारी दिए ।
यसअघि भएको सेमिफाइनलमा रोङ्ले आयोजक जागृतिलाई २/१ ले र आदर्श युवा क्लब बुधबारेले पुर्बेली क्लब बिर्तामोडलाई ३/० पाखा लगाउदै उपाधी भिडन्त पक्का गरेका थिए ।
प्रतियोगिताको उपाधी बिजेतालाई नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र साथै उपबिजेतालाई नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका अध्यक्ष अजय सरदारले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 308